Home ChamberActivity
ChamberActivity
11/11/2025 2:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको नेतृत्वमा सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरूको टोलीले बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र (Special Economic Zone - SEZ) को स्थलगत अवलोकन भ्रमण गर्नुभयो ।
अवलोकनका क्रममा टोलीले त्यहाँको भौतिक संरचना, निर्माण कार्यको प्रगति, औद्योगिक प्लटहरूको वितरण स्थिति, लगानीकर्ताका समस्या तथा सम्भावनाहरूको विस्तृत जानकारी लिइयो । उक्त भ्रमणको उद्देश्य औद्योगिक क्षेत्रको वर्तमान अवस्था बुझ्ने, उद्योग स्थापना गर्न चाहने व्यवसायीहरूको लागि आवश्यक पूर्वाधारको अवस्थाको मूल्याङ्कन गर्ने तथा सरकारले सञ्चालनमा ल्याएको विशेष आर्थिक क्षेत्रको प्रभावकारिता अध्ययन गर्ने रहेको थियो ।