Home ChamberActivity
ChamberActivity
11/27/2025 10:48:00 AM
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधाम, धनुषाको आयोजना तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहकार्यमा सङ्घको सभाहलमा महिलाहरूका लागि सञ्चालन गरिएको ५ दिने खाद्य प्रशोधन तालिम कार्यक्रम एक विशेष समारोहका बीच आज सफलतापूर्वक सम्पन्न भयो। तालिम कार्यक्रमको अध्यक्षता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरका कार्यालय प्रमुख तथा वरिष्ठ अनुसन्धान अधिकृत श्री विमल कुमार दहालज्यूले गर्नुभयो भने कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष श्री माधव राजपालज्यू रहनुभएको थियो। उक्त तालिममा सहभागी महिलाहरूले ८ भन्दा बढी विभिन्न प्रकारका खाद्य सामग्री उत्पादन सम्बन्धी सीप, ज्ञान र व्यवहारिक दक्षता हासिल गर्न सफल भएका थिए। समापन समारोहमा सङ्घका महिला समितिकी संयोजक डा. लक्ष्मी थापाज्यू तथा महिला समितिका सदस्यज्यूहरूको उपस्थिति रहेकाे थियाे।