ChamberActivity

12/15/2025 3:00:00 PM

नवनियुक्त कार्यालय प्रमुखसँग छलफल कार्यक्रम

बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा नेपाल विद्युत प्राधिकरण, बीरगञ्जका नवनियुक्त कार्यालय प्रमुख श्री विजय महत्तोज्यूसँग विद्युत आपूर्तिमा देखिएका समस्या तथा तिनको समाधानका विषयमा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त छलफल कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिष कुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, सचिव श्री सुशान्त चाचन्‌ज्यू तथा सहसचिवद्वय श्री नरेश कुमार टिवडेवालज्यू र श्री अनुप अग्रवालज्यूको उपस्थिति रहेको थियो।