ChamberActivity

12/23/2025 3:00:00 PM

दुईदिने Occupational Safety and Health (OSH) विषयक औद्योगिक तालिम

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र ENSSURE/Helvetas Nepal को संयुक्त आयोजनामा बारा जिल्लाको सिमरा स्थित क्लासिक होटलमा दुईदिने Occupational Safety and Health (OSH) विषयक औद्योगिक तालिमको औपचारिक उद्घाटन सम्पन्न भएको छ। उक्त तालिम कार्यक्रममा बारा–पर्सा औद्योगिक क्षेत्रअन्तर्गतका १८ वटा उद्योगबाट २७ जना अफिसरहरूको सक्रिय सहभागिता रहेको थियो। उद्घाटन कार्यक्रमको अध्यक्षता वीरगञ्ज उद्योग वाणिज्य सङ्घकाअध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जितपुर–सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री मोहन शर्माज्यूको उपस्थिति रहेको थियो साथै कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष श्री आशिष कुमार लाठज्यू, ENSSURE/Helvetas Nepal परियोजनाका PSE Specialist श्री लोक राज जोशीज्यू, मधेस प्रदेश प्राविधिक संयोजक श्री भरत सहनीज्यू लगायत उद्योग तथा परियोजनासँग आबद्ध विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।