ChamberActivity

12/28/2025 4:00:00 PM

प्रमुख भंसार प्रशासक श्री कृष्णप्रसाद मैनालीज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा वीरगञ्ज भंसार कार्यालयका प्रमुख भंसार प्रशासक श्री कृष्णप्रसाद मैनालीज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा सङ्घका अध्यक्षज्यूले प्रमुख भंसार प्रशासक मैनालीज्यूलाई  वीरगञ्ज भंसारमा देखिएका समस्याहरू तथा तिनको समाधानका विषयमा विस्तृत छलफल गर्नुभयो। उक्त छलफल कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिष कुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद शाहज्यू, कोषाध्यक्ष श्री अनोज रुङटाज्यू, सचिव श्री प्रेमचन्द गोयलज्यू, सहसचिव द्वय नरेश कुमार टिवडेवालज्यू, अनुप अग्रवालज्यू का साथै सङ्घका कार्यसमिति सदस्यज्यूको उपस्थिति रहेको थियो।