Home ChamberActivity
ChamberActivity
12/31/2025 3:00:00 PM
बीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष श्री माधव राजपालज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा रक्सौल उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री राकेश कुमार कुशवाहाज्यू लगायतका पदाधिकारीहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो।
उक्त छलफल कार्यक्रममा रक्सौल–वीरगञ्जबीचको व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित रहँदै रक्सौल क्षेत्रमा देखिने जाम समस्या, पार्किङको अभाव, ओभरब्रिज निर्माणको आवश्यकता तथा मनी एक्सचेन्ज काउन्टर स्थापना गर्नुपर्ने विषयमा विस्तृत छलफल गरियो।
छलफल कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष श्री आशिष कुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद शाहज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सहसचिव श्री अनुप अग्रवालज्यू, कार्यसमिति सदस्यज्यूहरू तथा रक्सौलबाट पाल्नु भएका पदाधिकारीज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।