Home ChamberActivity
ChamberActivity
6/15/2026 4:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत श्री टिकाप्रसाद चौलागाइ ज्यूको उपस्थितिमा सङ्घको सभाहलमा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मूल्य अभिवृद्धि कर (मु.अ.कर), अन्तःशुल्क लगायत विभिन्न करसम्बन्धी व्यवस्था, संशोधन तथा छुट सुविधाबारे जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसादज्यू, कार्यसमिति सदस्यज्यूहरू तथा उद्योगी–व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।