Home ChamberActivity
ChamberActivity
1/2/2026 4:00:00 PM
बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय श्यामप्रसाद पटेलज्यूको स्वागत तथा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा पर्सा जिल्लाका कृषकहरूले भोगिरहेका विविध समस्या र तिनका समाधानका विषयमा छलफल गरियो।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री शिवजी प्रसादज्यू लगायत कार्यसमिति सदस्यज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।