ChamberActivity

1/12/2026 12:00:00 PM

जगारमुखी सीप विकास तालिमहरूको उद्घाटन कार्यक्रम

बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा उद्योग विभाग पर्साका कार्यालय प्रमुख श्री रिमा शाहज्यूको प्रमुख आतिथ्यतामा सङ्घको सभाहलमा सङ्घ अन्तर्गत गठित लघु व्यवसाय विकास कोष, बीरगञ्ज महानगरपालिका तथा NPL समाज कल्याणको सहकार्यमा बीरगञ्ज महानगरपालिकाका गरिब तथा बेरोजगार युवा–युवतीहरूलाई लक्षित गरी सञ्चालन गरिएका रोजगारमुखी सीप विकास तालिमहरूको उद्घाटन कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। उक्त तालिम अन्तर्गत साडी बनाउने तालिम, एडभान्स उल्फेट तालिम, इलेक्ट्रिसियन तथा मोटरसाइकल मर्मतसम्बन्धी तालिमहरू सञ्चालन गरिनेछ। कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, सङ्घअन्तर्गत महिला उद्यमी समितिकी संयोजक डा. लक्ष्मी थापाज्यू तथा वुमेन्स स्किलस सेन्टर  का अध्यक्ष श्री चञ्चलाल दासज्यूको उपस्थिति रहेको थियो।