Home ChamberActivity
ChamberActivity
1/13/2026 10:00:00 AM
बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा पूर्व श्रमसचिव श्री मोहन दाहालज्यूको उपस्थितिमा श्रम तथा रोजगारसम्बन्धी ILO को भूमिकाका विषयमा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री मनोजकुमार दासज्यू, महासचिव श्री शिवजी प्रसाद साहज्यू तथा विभिन्न उद्योग तथा प्रतिष्ठानबाट सहभागिता जनाएका मानव संसाधन (HR) व्यवस्थापनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।