ChamberActivity

1/20/2026 3:00:00 PM

अष्ट्रेलियन दूतावास, नेपालका उप–मिशन प्रमुख श्री जोज क्लेमज्यूसँग भेटघाट

बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा अष्ट्रेलियन दूतावास, नेपालका उप–मिशन प्रमुख श्री जोज क्लेमज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त छलफल कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घ र अष्ट्रेलियन दूतावासबीच  विभिन्न विषयमा हुने सहकार्य बारे छलफल भयो । कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्षद्वय श्री मनोजकुमार दासज्यू र श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद शाहज्यू, सचिवद्वय श्री सुशान्त चाचनज्यू र श्री प्रेमचन्द्र गोयलज्यू, सचिव श्री अनुप अग्रवालज्यू तथा अष्ट्रेलियन दूतावास, नेपालका वरिष्ठ अनुसन्धान तथा नीति अधिकृत श्री कृष्णबहादुर कार्कीज्यूको उपस्थिति रहेको थियो।