Home ChamberActivity
ChamberActivity
9/13/2026 10:50:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा सङ्घका कार्यकारी सचिव श्री सुनिल कुमार कण्ठज्यूको विदाई कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा अध्यक्षज्यूले श्री कण्ठज्यूले सङ्घमा रही लामो समयदेखि पुर्याउनुभएको योगदान, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा सङ्घको संस्थागत विकासमा खेल्नुभएको भूमिकाको प्रशंसा गर्दै उहाँको आगामी कार्यकाल तथा व्यक्तिगत जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री मनोज कुमार दासज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सहसचिव श्री अनुप अग्रवालज्यू, कार्यसमिति सदस्य श्री अजय प्रजापतिज्यू, पन्नालाल शाहज्यू का साथै कर्मचारीहरूको सहभागिता रहेको थियो।