Home ChamberNews
ChamberNews
10/29/2023 12:00:00 AM
नेपाल भारत सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी÷जिल्ला अधिकारीहरुको समुपस्थितिमा सुरक्षा निकायहरु र उद्योगी व्यवसायीहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा रक्सौल–वीरगञ्ज बोर्डरलाई ह्यापी बोर्डरको रुपमा विकसित गर्ने सामूहिक ऐक्यबद्धता जाहेर गरियो । उक्त कार्यलाई पूर्णता प्रदान गर्नको लागि Raxaul Birgunj Trade & Business Coordination Committee गठन गरियो । गठित समितिमा पर्साका प्रमुख जिल्ला अधिकारी र रक्सौलका डिष्ट्रिक्ट मजिष्ट्रेट सहितको उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व रहने गरी १० सदस्यीय कमिटी गठन गरियो । गठित कमिटीले दुवै क्षेत्रको उद्योग, व्यापार, व्यवसाय, पर्यटन, भौतिक पूर्वाधार लगायतका विषयमा समन्वय गरी विकास गर्दै जाने छ ।
उक्त कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी श्री हीरालाल रेग्मी, रक्सौलका डिष्ट्रिक्ट मजिष्ट्रेट, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष लगायत पदाधिकारीहरु, रक्सौल उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत उद्योगी व्यवसायीहरुको वृहत उपस्थिति रहेको थियो ।