Home ChamberNews
ChamberNews
वीरगञ्ज, ११ पौष÷
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले पर्सा जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न आपूm कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै वीरगञ्ज आर्थिक नगर भएकोले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै उद्योग, व्यापारको विकास र प्रबद्र्धनका क्षेत्रमा आफ्नो सक्रिय भूमिका रहने बताउँदै शान्ति सुरक्षा व्यवस्था मिलाउने बताउनुभयो । पर्सा जिल्लामा सरकारी कार्यालयहरु लगायत सम्पूर्ण सेवाहरुको सुशासनको प्रबद्र्धन गरिने, जिल्लाको शान्ति सुरक्षा, सिमावर्ती लगायतका क्षेत्रहरुमा गैरकानूनी आर्थिक क्रियाकलापको नियन्त्रण तथा विकास निर्माणको क्षेत्रमा भइरहेको ढिलाई न्यून गरेर विकास निर्माणको काम तिव्रतर रुपमा अधिबढाउन सम्बद्ध पक्षलाई निर्देशन दिने बताउनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले वीरगंज लगायत क्षेत्रमा कायम रहेको शान्ति सु–व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सिमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्ने बताउँदै वीरगञ्जमा सिसिटिभी परियोजनाको लागि बजेट विनियोजनका लागि प्रजिअ भूसालसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा वीउवासङ्घका नि.अध्यक्ष तथा नेउवामहासङ्घका कार्यकारिणी सदस्य डा. सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, पूर्व अध्यक्ष अशोककुमार वैध, नि.अध्यक्ष डा. सुबोधकुमार गुप्ता, महासचिव आशीषकुमार लाठ, सचिवद्वय प्रेमचन्द्र गोयल र सुशान्त चाचान लगायतको उपस्थिति रहेको थियो ।