ChamberActivity

12/18/2024 3:00:00 PM

औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा ऊर्जा दक्षताका लागि अनुदान” विषयक अभिमुखीकरण

सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा “औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा ऊर्जा दक्षताका लागि अनुदान” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक काठमाडौँका ऊर्जा विशेषज्ञ श्री राजीव मंगल जोशीज्यू, सङ्घका वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, उपाध्यक्ष श्री मनोजकुमार दासज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, कोषाध्यक्ष श्री शिवजीप्रसाद कलवारज्यू, कार्यसमिति सदस्यज्यूहरू तथा उद्योगी–व्यापारीज्यूहरूको उपस्थिती रहेको थियो। कार्यक्रममा उद्योगहरूमा ऊर्जा दक्षताको महत्व, यसको विशेषता तथा अनुदान प्राप्त गर्न आवश्यक प्रक्रिया सम्बन्धमा विस्तृत छलफल गरिएको थियो