Home ChamberActivity
ChamberActivity
4/4/2025 2:46:00 PM
मिति २०८१ चैत्र २२ गते, वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाहलमा कार्यवाहक अध्यक्ष श्री माधव राजपालज्यूको अध्यक्षतामा “उद्योग क्षेत्रमा रहेका समस्या तथा चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका संयोजक माननीय कृष्णकुमार श्रेष्ठज्यूको संयोजकत्वमा सम्पन्न यस कार्यक्रममा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य माननीय महेन्द्र बहादुर शाहीजयू, सदस्य माननीय गणेश पराजुलीज्यू, सदस्य माननीय रमा कोइरालाज्यू, माननीय रामशंकर यादवज्यू, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला प्रशासक श्री गणेश अर्यालज्यू, सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साह कलवारज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सह कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सह सचिव द्वय श्री नरेशकुमार टिवडेवालज्यू, श्री अनुप अग्रवालज्यू सङ्घका पूर्वअध्यक्षज्यू, कार्यसमिति सदस्यहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, उद्योगी व्यवसायीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उद्योग क्षेत्रका देखिएका समस्या, तिनको समाधानका उपाय तथा चुनौतीहरूको बारेमा विस्तृत छलफल भयो। सहभागी उद्योगी व्यवसायीहरूले उद्योग सञ्चालनमा देखिएका कठिनाइहरूबारे आफ्ना विचार व्यक्त गरेका थिए, जसमा नीतिगत सुधार, पूर्वाधार विकास, श्रम सम्बन्ध तथा व्यवसायिक वातावरण सुधार जस्ता विषयहरू प्राथमिकताका साथ उठाइयो ।