खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जको आयोजना तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहआयोजनामा सङ्घको सभाहलमा आयोजित खाद्य पोषण तालिमको उद्घाटन कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भयो।कार्यक्रमको अध्यक्षता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वीरगञ्जका प्रमुख श्री सुरेश सिंहज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू उपस्थित रहनुभएको थियो। कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री मनोज कुमार दासज्यू तथा महिला स्वयंसेविकाज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।