ChamberActivity

12/5/2025 3:00:00 PM

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख श्री विष्णुप्रसाद ज्ञवालीज्यूको विदाई कार्यक्रम

बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्री विष्णुप्रसाद ज्ञवालीज्यूको विदाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अध्यक्ष श्री गौतमज्यूले ज्ञवालीज्यूलाइ आफ्नो छोटो कार्यकालमै उद्योगी– व्यवसायी समुदायसँग समन्वय गर्दै भन्सार सेवालाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउनुभएको उल्लेख गर्नुभयो । साथै उहाँले ज्ञवालीज्यूको व्यावसायिक दक्षता, इमानदारी र सकारात्मक नेतृत्वको प्रशंसा गर्दै आगामी जिम्मेवारीमा सफलताको कामना गर्नुभयो । उक्त कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिष कुमार लाठज्यू, कोषाध्यक्ष श्री अनाेज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू का साथै कार्य समिति सदस्यज्यूको उपस्थिति रहेको थियो।