Home ChamberActivity
ChamberActivity
9/28/2024 12:00:00 AM
सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको अध्यक्षतामा मधेश प्रदेशका मुख्यमन्त्री माननीय सतिश कुमार सिंहज्यूसँग वीरगञ्जमा श्रम अदालत र श्रम अस्पतालको निर्माण, उद्योगका लागि आवश्यक जग्गा, ढल, पानी, विद्युत जस्ता सुविधाहरूलाई एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने, नयाँ लगानी भित्र्याउन आवश्यक कदमहरू, र उद्योगका लागि दक्ष जनशक्तिको विकासका लागि औद्योगिक पोलिटेक्निकल स्कुल स्थापना गर्नु पर्ने लगायतका विषयमा महत्वपूर्ण छलफल भयाे ।
उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ताज्यू, उपाध्यक्ष द्वय श्री माधव राजपालज्यू र श्री मनोजकुमार दासज्यू, कोषाध्यक्ष श्री शिवजीप्रसाद कलवारज्यू, सङ्घका कार्यसमिति सदस्यज्यूहरू, उद्योगी व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।